यस्तो छ भरतपुरको ५ अर्ब १९ करोडको बजेट (पूर्णपाठ)
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ ।
आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे ।
बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।
कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख, र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ।
साथै, जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले यो बजेटले महानगरवासीको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने र दीगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तो छ बजेटको पूर्णपाठ
प्रकाशित मिति: ८ असार २०८२, आइतबार
















