तेलको मूल्य पाँच महिना यताकै उच्च
काठमाडौं, असार ९ । अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ ।
तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ ।
अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ । अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको छ ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार
















