सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचन १४ साउनमा
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचन आगामी साउन १४ गते हुने भएको छ ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।
उनका अनुसार भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।
यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार
















