बाल्टीको पानीमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु



कञ्चनपुर । भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए ।

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्