रोस्ट्रममा पुग्नासाथ आँशाभरी आँशु बनाएर भावुक बने गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर भावुक बनेका छन्।
प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्न रोस्ट्रममा पुगेका गुरुङले बोल्ने क्रममा भावुक हुँदै केहीबेर रोकिएका थिए।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले समसामयिक विषयमा धारणा राख्ने क्रममा भावुकता व्यक्त गरेका हुन्।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
घटनास्थलमा खटिएको नेपाल प्रहरीले तत्काल आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।
सोही घटनालाई लिएर रोस्ट्रममा पुग्नासाथ आँशाभरी आँशु बनाएर उनी केहीबेर भावुक बनेका थिए ।
आत्मदाह प्रयास गरेपछि गणेशलाई बचाउन वीर अस्पतालमा गएर आफूले उपचारमा कुनै अभाव हुन नदिन लागिपरेको बताएका छन् ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










