इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
इटहरी, असार २२ । इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
हिजो (शनिबार) दिउँसो करिब १२ः३० बजेतिर इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा डुबेर इटहरी–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर भनिने विशु परियारको मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पु¥याएको थियो । तर, अस्पतालले दुवै जनालाई शनिबार दिउँसो ४ः२० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार










