सेप्टिक ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु



चितवन । सेप्टिक ट्याङ्कीमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक छन् ।

घर नजिकै रहेको रिङले बनाएको सेप्टिक ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्