इरान–इजरायल युद्धपछि पहिलोपल्ट सार्वजनिक भए खामेनी



एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी युद्धपश्चात् शनिबार पहिलोपटक सार्वजनिक रूपमा उपस्थिति भएका छन् । इरान र इजरायलबीच १२ दिने युद्धविराम उनी पहिलोपटक सार्वजनिक रूपमा उपस्थिति भएका हुन् ।

उनी आशुराको पूर्वसन्ध्यामा आयोजित शोक समारोहमा सहभागी भएका थिए । सिया मुसलमानले मनाउने एक वार्षिक कार्यक्रमलाई आशुरा भनिन्छ ।

युद्धको समयमा खामेनीको अनुपस्थिति इरानी नेताका निम्ति कडा सुरक्षा व्यवस्थाको संकेत थियो । उनी राज्यका सबै विषयमा अन्तिम निर्णय लिने सर्वोच्च नेता हुन् ।

खामेनी राजधानी तेहरानमा आफ्नो कार्यालय र निवासनजिकैको मस्जिदमा प्रवेश गर्दा र बस्दा भीडले नारा लगाएको थियो । त्यसक्रममा उनले हात र टाउको हल्लाएका इरानको सरकारी टेलिभिजनले देखाएको थियो ।

प्रकाशित मिति: २२ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्