एम्नेष्टी इन्टरनेशनल नेपाल बर्दियाको संयोजकमा सुनार



काठमाडाैं । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ५२ का बर्दिया जिल्ला संयोजकमा तारा बहादुर सुनार चयन भएका छन् ।

मावनअधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ५२ बर्दियाले शनिबार गरेको चुनाबी सभाबाट संयोजकमा सुनार चयन गरेको हो ।

उपसंयोजकमा आषिस कुमार चौधरी, सचिवमा मनोज गुप्ता र कोषाध्यक्षमा धना कुमारी थारू चयन भएका हुन् ।

त्यसैगरी सदस्यमा ममता देवकोटा, संगिता खड्का, जित बहादुर सुनार, दुर्गा गुप्ता, हलिम अहमद सिद्दकी, पिताम्बर चापागाइ र सन्दिप कुमार बैश्य चयन भएका छन् ।

संयोजकको जिम्मेवारी सम्हाल्दै सुनारले एम्नेष्टीले मानव अधिकारको रक्षा, प्रवद्र्धन र मानवअधिकार शिक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

यसले विश्व समुदायसंग सहकार्य गरेर काम गर्ने भएकाले स्थानीय स्तरमा झ्याप्प नदेखिएपनि यो संस्थाको भूमिका र उपलब्धि समेत उल्लेखनीय रहेको जिकिर गरे ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्