आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–बागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागको एक–दुई स्थानगमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार राति देशको पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकि भू–बागको एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदृपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार










