त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो



काठमाडौँ, असार २३ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार साँझ बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको हो ।

उक्त नाम सोमबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई बुझाउने बताइएको छ । त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जनाको नाम छनोट गरिएको हो ।

निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको बताइएको छ ।

उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन ।

४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्