ट्रम्पले ओबामालाई फेरि आरोप लगाए


 


एजेन्सी, चैत्र ५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफानको ट्याप अर्थात ह्याक गरिएको आरोप फेरि लगाएका छन । फोन ट्यापिङ सम्बन्धी राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै फेरि आरोप लगाएका हुन ।

ट्रम्पले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङमा परेको बताए । ट्रम्पले मर्केल र आफूमा एउटा समानता रहेको र त्यो ओबामा प्रशासनका बेला दुवै जनाको टेलिफोनमा गैरकानुनी रुपमा निगरानी गरिनु रहेको बताए ।
ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोनमा निगरानी गरेको विषय चर्चामा आएको थियो । त्यसपछि मर्केलले कडा आपत्ति जनाउनुभएको थियो । ट्रम्पले त्यही विषयलाई अहिले उप्काएका हुन । तर ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्र्याट सिनेटर तथा नेताले विश्वास गरेका छैनन् ।

ट्रम्पले भने बारम्बार यस्तो अरोप लगाउँदै आएका छन । तर त्यसको प्रमाण भने दिएका छैनन् । ट्रम्प र मर्केलबिच नेटो र व्यापार बिस्तारसहितका महत्वपूर्ण विषयमा छलफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्