त्रिशूली नदीको बीचमा फसे दुईजना, होलिकोप्टरबाट उद्धार हुँदै
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् ।
नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् ।
नदीले बगाएर ल्याएका काठलगायतका सामाग्री संकलनका लागि गएका उनीहरु बाढीमा फसेपछि रुखमा चढेर बसेका छन् ।
नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार










