रनिङ शिल्डको ह्याट्रिक विजेता सिउँडी मावि पुरस्कृत, अध्यक्ष साउदद्धारा २ लाख ५१ हजार हस्तान्तरण !



अछाम । चौरपाटी गाउँपालिकाले सिउडी माध्यमिक विद्यालयलाई २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

शुक्रबार एक विशेष कार्यक्रमकाबीच चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर साउँदलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका स्तरीय १४औँ, १५औँ र १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिउँडी मावि लगातार तीन पटक प्रथम स्थान हासिल गर्न सफल भएको थियो । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापनको दिन पालिका अध्यक्ष साउँदले सिउँडी माविलाई हौसला स्वरुप पुरस्कार दिने बाचा गरेका थिए ।

सोही बाचा अनुसार आज उनले विद्यालयलाई २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले पालिकाको खुलकुदका लागि आफूले सक्दो सहयोग गरिरेहको बताए । खेलकुदको विकासका लागि आफू सधै तत्पर रहने उनको भनाइ छ ।

खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा खेलाडीलाई आगामी दिनमा पनि प्रोत्साहन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर साउँदले गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

उनले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमले खेलकुदको विकाससँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने बताए । आगामी दिनमा पनि गाउँपालिकाबाट सहयोगको अध्यक्ष रहेको उनको भनाइ छ ।

हालै मात्र विद्यालय व्यस्थापन समितिको अध्यक्ष बनेका लालबहादुरले विद्यालयको शिक्षामा गुणस्तर सुधार र अन्य गतिविधिमा आफू सक्रिय रुपमा लाग्ने बताए । अन्य अतिथिहरुले पनि उक्त पुरस्कारले विद्यालयको उत्कृष्ट खेलकुद उपलब्धिको सम्मान गर्नुका साथै विद्यार्थी र विद्यालयलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका पूर्वप्रधानाध्यापक, पूर्व विव्यस अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कडा हेडलाइनहरु बनाउनुहोस्

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्