रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता, ९ जनाको उद्धार



काठमाडौं, असार २४ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् ।

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्