मानिसको उद्धार गर्न गएका ११ जना उद्धारकर्मी आफै फसे



काठमाडौँ, असार २४ । रसुवागढीमा आएको बाढी आएपछि भन्सार क्षेत्रमा फसेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । उनीहरुको उद्धारको कार्य भइरहेको छ ।

बाढीले के कति क्षति पु¥यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।

बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी समेत बगाएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्