त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार



काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।

उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । पहिलो हेलिकप्टरले नसकेपछि उद्धार नगरी फर्किएको थियो ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्