दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध, बाढीले सडक बगायो



काठमाडौं, असार २५ । नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध भएको छ ।

मंगलबार रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि लामो र छोटो दुरीका सवारी साधन बाटोमै रोकिएका छन् ।

नारायणघाट–बुटवल सडक आयोजनाले क्षति भएको स्थानको मर्मत कार्य छिटो सुरू गरिने जनाएको छ । यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्