इटहरीमा कजारिया रमेश टायल्सको नयाँ शोरूम, कोशी प्रदेशमा बजार विस्तार



इटहरी, २५ असार कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो बजार विस्तार गर्दै सुनसरीको इटहरी–हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ।

ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा स्थापना गरिएको शोरूमबाट स्थानीय उपभोक्ता, निर्माण व्यवसायी, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूले विश्वस्तरीय फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन तथा उत्पादन सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

शोरूमको उद्घाटन बुधबार कम्पनीका निर्देशक हिमांशु अग्रवालमिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा ए–क्लास मार्बल्स एण्ड टायल्सका प्रतिनिधिहरू, व्यवसायी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

आधुनिक अवधारणाअनुसार निर्माण गरिएको शोरूममा ग्राहकहरूले विभिन्न डिजाइन, रङ, बनावट र फिनिसिङका टायल प्रत्यक्ष अवलोकन तथा छनोट गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिले इटहरी तथा आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा गुणस्तरीय टायल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरूम सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका उत्पादन नजिकबाट उपलब्ध गराउँदै घर तथा व्यावसायिक संरचना निर्माणलाई सहज बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कम्पनीका अनुसार शोरूम सर्वसाधारणका लागि खुला भइसकेको छ र नयाँ उत्पादन तथा डिजाइन अवलोकनका लागि उपभोक्तालाई आमन्त्रण गरिएको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै अत्याधुनिक प्रविधिमा आधारित ठूलो टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले सुपरब्राण्ड २०२५, एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। साथै कम्पनी आईएसओ ९००१:२०१५आईएसओ १४००१:२०१५ प्रमाणीकरण प्राप्त संस्था हो।

हाल कम्पनीका नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा छन्। कम्पनीले ३,००० भन्दा बढी आधुनिक डिजाइनका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी–ड्युटी भिट्रिफाइड टायल्स बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। ती उत्पादनहरू मजबुती, टिकाउपन तथा पानी र दाग प्रतिरोधी गुणका कारण उपभोक्तामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्