भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला
भरतपुर, असार २५ । चितवनको १५ किलोस्थित त्रिशुली नदीमा एक प्रहरीको शव फेला परेको छ ।
रसुवा स्थित भोटेकोशीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि खटिएको अवस्थामा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव त्रिशुली नदीमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप तामाकोशी गाउँपालिका–४ स्थायी निवासी हुन् । उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
उनको शव चितवन स्थित त्रिशुली नदीमा तैरिएको अवस्थामा फेला परेको थियो ।
शवको दाहिने खुटाको घुँडादेखि तलको भाग छैन भने भने बायाँ खुट्टामा बुट लगाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार










