मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना हुन्छ : मन्त्री पौडेल



काठमाडौं, असार ३० । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् ।

नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को शुभारम्भ गर्दै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता रहेको बताए ।

मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिए । मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्