राजीनामा दिएका मन्त्री गुप्तालाई गिरफ्तार गरियोस् : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।
‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको भए पनि उनीमाथि छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

आजको प्रतिधिसभाको बैठकमा बोल्दै उनीहरुले अन्य मन्त्रीहरू पनि पोलिएको भन्दै उनीहरूमाथि पनि छानबिनको माग गरे।

उनले भने–‘मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यतिमात्रै होइन, अन्य मन्त्रीहरूको पनि नाम आएको छ। उनीहरूको पनि छानबिन गरियोस्।’

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शीव नेपालीले पनि मन्त्रीले राजीनामा दिएर मात्रै नहुने बताए ।

उनले भने–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले आफूमाथि लागेको गम्भीर आरोपका सन्दर्भमा राजीनमा दिनु भएको छ। तर, यतिले मात्र हुँदैन। अरु मन्त्रीहरू पनि पोलिएका छन्। यो गम्भीर विषयमा सत्य तथ्यको छानबिन होस् र दोषीउपर सक्त कारबाही यथाशीघ्र होस्।’

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्