बामदेव गौतम भन्छन् – मलाई पद चाहिन्न, काम दिनुस्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताका हुन् । उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे ।
‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’
भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार
















