सत्ता छोडेर गठबन्धनबाट बाहिर निस्कनुपर्छ : गगन थापा
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले ४३ औं बीपी स्मृति दिवसको सन्दर्भमा आज आयोजना गरेको बीपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
पन्ध्रौं महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रूखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
उनले भने, ‘गठबन्धन नगरे सरकारमा पुगिन्न कि भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।’
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार
















