कुलिङ पिरियड हटाउन एमाले सांसदको संशोधन प्रस्तावप्रति कांग्रेसको आपत्ति
काठमाडौं । निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धी व्यवस्था हटाउन नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति कांग्रेसले आपत्ति जनाएको छ ।
शुक्रबार बूढानीलकण्ठमा जारी बैठकमा नेताहरूले कांग्रेससँगको सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता भएको बताएका छन् ।
एमालेका राष्ट्रियसभा सदस्यहरूले निजामती विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको प्रावधान हटाउन संशोधन प्रस्ताव राखेकोप्रति कांग्रेस नेताहरूले आपत्ति जनाएका हुन् ।
कांग्रेस बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, प्रदेश सभापतिहरू सहभागी छन्। बैठकमा रूपन्देही-३ को उपनिर्वाचनबारे पनि छलफल भएको छ ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार
















