भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ ।
जिल्ला कारागारमा रहेकासभापति रवि लामिछानेलाई भेटेर सांसदहरू बैठकमा सहभागी भएका हुन् । बैठक भैरहवास्थित होटल रमादामा जारी छ ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, भ्रष्टाचारविरुद्धको अडान, संसद्मा सरकारको व्यवहार र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
संसदीय दलको बैठक सकिएपछि सांसदहरू रूपन्देही ३ मा पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार
















