सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो ।

जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्