कांग्रेस–एमाले छलफल सकियो, कानून संशोधनका विषयमा छलफल



काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।

बैठकमा संसदमा विचाराधिन विधेयकहरू, कानून संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।

आजको बैठकमा विशेषगरी कानून संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।

विधेयकबारे छलफल गर्नुपर्ने भएकाले नै महान्यायाधिवक्तालाई बोलाइएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्