रञ्जिता भन्छिन् – नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ, पार्टीबाटै हटाउने कुरा हास्यास्पद
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापकहरूको बैठकले रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरिसकेको छ।
बुधबार बसेको संस्थापक तथा संरक्षक बैठकले रञ्जितालाई पार्टीबाट निष्काशनको निर्णय गरेको हो।
पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले यही आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका-६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी थिइन् ।
तर, रञ्जिताले भने एकाएक संस्थापकहरूको बैठकले पार्टीबाटै निष्काशन गर्ने कुरा हास्यास्पद भएको बताइन्।
उनले भनिन- ‘नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ गएर निर्वाचन आयोगमा बुझ्न सक्नुहुन्छ।’
यता संस्थापकहरूको बैठकले पार्टीको नयाँ अध्यक्ष तोक्ने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार
















