सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्