कोरियाको भाषा परीक्षाका लागि आवेदन खुल्दै
काठमाडौं, साउन १९ । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षाका लागि यही साउन २६ गतेबाट खुल्ने भएको छ ।
दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत सूचना जारी गर्दै साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने अझै खुलाइएको छैन । दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ ।
दक्षिण कोरिया नेपाली युवाहरूका लागि आकर्षक र सुरक्षित वैदेशिक रोजगार गन्तव्य मानिन्छ । नेपालबाट इपिएस प्रणालीमार्फत उत्पादनमूलक क्षेत्र, कृषि, र पानीजहाज निर्माण जस्ता क्षेत्रमा श्रमिकहरू जाने गरेका छन् ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार
















