सांसद बरालले भनिन् – बहुविवाहलाई वैधता दिने प्रस्तावित कानूनबारे मन्त्रीको जवाफ चाहियो



काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानूनको विषयबार कानूनमन्त्रीको जवाफ माग गरेकी छन्।

आजको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी हुन् ।

उनले भनिन्- ‘केही दिनयता विभिन्न सञ्चारमाध्यममा विभिन्न समुदाय, संस्था र व्यक्तिहरूमा बहस भइरहेको विषय । अपराध संहितासँग जोडिएर कानून निर्माण भइरहेको र त्यहाँ बहुविवाहलाई स्वीकृति प्रदान गर्ने आशयको सन्देश प्रवाह भइरहेको छ, जुन के हो भन्ने कुरा सामाजिक रूपमा हरेक व्यक्तिको चिन्ता, चासो र सरोकारको विषय भइरहेको छ ।’

यस्तै अन्य सांसदहरूले पनि यसअघि बहुविवाहलाई वैधता दिने विषयमा ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्