सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्