सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?



काठमाडौं। स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

आज १ हजारले बढ्दै झन्डै २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियो । आज १ लाख ९९ हजार ४ सय कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्