कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु
धनगढी, साउन २४ । कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
कारागारमा बिहीवार रातिदेखि नै कैदीबन्दीबीच कुटाकुट हुँदा घाइते एक जनाको मृत्यु भएको बताइएको छ । मृतकको विवरण भने खुलेको छैन ।
कुटपिट हुँदा ४६ जना घाइते भएका जनाइएको छ । झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ ।
प्रहरीले सुरक्षामा लापरवाही गर्दा घटना भएको आरोप लागेको छ । अहिले कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार










