रुपन्देही-३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरूसंग रास्वपाले आज छलफल गर्दै



काठमाडौं । रूपन्देही -३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासंग राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गर्न लागेको छ ।

छलफल आज दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । सहमहामन्त्री विपिनकुमार आचार्यले उनीहरूसँग छलफल चलाउन लागेका हुन्।

छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।

२०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा रूपन्देही ३ बाट निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा।लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार बन्न रास्वपामा आवेदन दिएका थिए।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्