माओवादीका श्रेष्ठ र जसपा यादवबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ ।

उनीहरुबिच आज पूर्वउपप्रधानमन्त्रीद्वय श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो ।

भेटमा वर्तमान राजनीतिक अवस्था , संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका लागि गर्नुपर्ने कामबारे छलफल भएको बताइएको छ ।

लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने र समृद्ध नेपालमार्फत् समाजवादको दिशामा अघि बढ्नुपर्ने विषय बारे पनि छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्