रुपन्देही-३ निर्वाचन : रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को निर्वाचनमा आवेदक उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ ।

उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर-७, डा.लेखजंग थापा सिद्धार्थनगर-९, ज्ञानु पौड्याल सिद्धार्थनगर-८, सुलभ खरेल बुटवल-१६, जीतबहादुर गुप्ता सिद्धार्थनगर-१, कुशुम महर्जन मध्यपुर ठिमी- ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर-३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर-८ र मधुप्रसाद अर्याल बुटवल-१७ रुपन्देही रहेका छन् ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको थियो । पार्टीको तर्फबाट मध्यस्थता सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका थिए ।

आफ्नो नाम फिर्ता लिन चाहने व्यक्तिले दिउँसो ४ बजेसम्म लिखित रूपमा दिन आग्रह गरिएकाले प्राप्त दस्ताबेजका आधारमा नामावली सार्वजनिक गरिने आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्