पर्वत समाजको रक्तदान तथा भेटघाट
काठमाडौँ ३१ साउन । पर्वत समाजको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवामा भएको रक्तदान तथा कार्यक्रमा पर्वतबासी र काठमाडौंमा रहेका पर्वतबासी र रक्तदातालको उपस्थिति रहेको थियो।
रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष गणेश शर्माले धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा पर्वतबासी बीच परिचय र संस्थाको आजीवन तथा साधरण सदस्यता समेत प्रदान गरिएको थियो। सो क्रममा पर्वतबासीलाई एउटै मालामा जोड्ने पवित्र अभियानको सफलताका लागि सहभागीहरुले शुभकामना व्यक्त गर्नुभयो।
पर्वतबासीबीच निकट परिचय, चिन्तन, सहयोग आदानप्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्था भएकाले पर्वतबासीको स्वतस्फूर्त उपस्थिति रहेको थियो।
समाजका महासचिव टिकाराम कार्कीले संस्थाले संस्थाले सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाउँदै जाने र आगामी दिनमा समाजसेवा तथा पर्वतबासी बीच नियमित कार्यक्रम गर्ने जानकारी दिनुभयो।
उहाँले यस संस्थाको सदस्य बनेर पर्वतबासी एकै ठाउँमा हुने अभियानमा जोडिन आह्वान समेत गर्नुभयो।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार
















