अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
काठमाडौं । सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको थियो।
पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार
















