पेस्तोल र गोलीसहित दुई जना पक्राउ



बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ
गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्