सामूहिक बलात्कार आरोपमा अधिवक्ता पक्राउ



काठमाडौं । धनुषामा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न एक वकिललाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा घर भएका अधिवक्ता प्रमोद कुमार राय रहेका छन् ।

उनलाई दुई दिनअघि काठमाडौंको तीनकुनेबाट पक्राउ गरेर धनुषा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गत साता इलाका प्रहरी कार्यालय सखुवामा रायसहित तीनजनाले १२ माघ २०८१ मामा धनुषाकै एक सामूहिक महिलालाई बलात्कार गरेको उजुरी परेको थियो। सोहि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत धनुषाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्