सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी आइतबार २ हजार ३१० रुपैयाँले प्रतितोला कारोबार भएकोमा सोमबार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार
















