एमाले त्यागेका वडाध्यक्ष शाहले दिए पदबाट राजीनामा, दुई वर्षपछि स्वीकृत
दाङ । घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।
आज घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष शाहले बजेटको विषयमा असन्तुष्टि जनाउँदै २०८० असार १२ गते नगरप्रमुख नरुलाल चौधरीसमक्ष राजीनामा बुझाएका थिए। त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको छ ।
उनको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।
अध्यक्ष शाहले यसअघि विज्ञप्ति मार्फत् एमालेमा नरहेको जानकारी गराउँदै आएका थिए।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार
















