नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन, सरकारले सबै खालको साथ दिन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने बताएका छन् ।

भृकुटीमण्डपमा आयोजित १७ औं नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन। अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन,’ उनले भने ।

प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्