दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते, चालक फरार
काठमाडौँ, भदौ ४ । गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
तुलसीपुरबाट घोराही जाँदै गरेको रा. १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैमा दुर्घटनामा परेको दाङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ का ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ का २२ वर्षीया रुपा बोहरा, घोराही–३ कै २८ वर्षीया गीता विक, घोराही–९ का ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ का ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर घाइते भएका छन् ।
घाइते सबैको स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार दुर्घटनापछि बसका चालक नारायण कुँवर भनफरार छन् उनको खोजी भइरहेको छ । बसमा चालकसहित आठ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार












