१० खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई हरायो, अबको भेट नर्वेसँग
काठमाडौँ। दस खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ ।
मेक्सिको अज्टेका स्टेडियममा सोमबार भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १(१ गोल गरे।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












