सडक भासिँदा काठमाडौं-मन्थली सडक अवरुद्ध



रामेछाप । लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा आज सवारी आवागमन बन्द भएको छ ।

काठमाडौंबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीयले जनाएका छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्