ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



मकवानपुर । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका ३५ वर्षीय रुपेश खरेल गम्भिर घाइते भएका थिए।

खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर स्थानियले राजमार्ग अवरुद्ध गरेका थिए । अहिले राजमार्ग पुन सञ्चालन भएको र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्