सुनको मूल्य १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्